Logo

कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै भरतपुरमा प्रदर्शन



काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका चितवन पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै युवाहरुले चितवनमा प्रदर्शन गरेका छन् । आज (शनिबार) वाम–लोकतान्त्रिक गठबन्धनले शनिबार भरतपुरमा चुनावी सभाको आयोजना गरेको छ ।

सो सभास्थल अगाडि युवाहरुको ठूलो पँक्तिले विकास कोइरालाको कारबाही फुकुवाको लागि प्रदर्शन गरेका छन् । सभापति शेरबहादुर देउवासमक्ष पनि चितवनका नेता तथा कार्यकर्ताहरुले विकासको कारबाही फिर्ताका लागि अपिल गरेका छ्न । तर, सभापति देउवा सकारात्मक बनेका छैनन् ।

चितवनका थुप्रै नेता तथा कार्यकर्ताहरुले विकासमाथिको कारबाही फिर्ता गर्दा चितवनका सबै क्षेत्रमा गठबन्धनको पक्षमा राम्रो माहोल बन्ने दाबी गरेका छन् । विकासमाथि भने ०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाही भएको थियो ।

https://www.facebook.com/100005496376339/videos/2209576325891529



प्रतिक्रिया दिनुहोस्

Screenshot