Logo

मागभन्दा कम शिक्षक छनोट



भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको बताउँदै भने, “विश्वविद्यालयको पठनपाठनमा वा प्रश्न तयारीमा वा परीक्षा प्रणालीमा समस्या छ कि? नतिजालाई सकारात्मक लिएका छैनौँ। यस परिणामले भोलि शिक्षक नपाइने अवस्था सिर्जना हुन सक्नेतर्फ सङ्केत गरेको छ।”

आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयमा नयाँ शिक्षक नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। तीन किसिमको परीक्षा सञ्चालन गरी ती शिक्षक छनोट गरिएका थिए र आगामी निर्वाचनपछि उनीहरूलाई कक्षाकोठाभित्र खटाइनेछ।

नतिजाप्रति चित्त बुझाइ नभएपछि आयोगका अध्यक्ष रेग्मी नारायणहिटी दरबार परिसरमा रहेको नीति अनुसन्धान प्रतिष्ठानमा पुगी नतिजा कमजोर हुनुका कारणबारे अनुसन्धान गर्न अनुरोध गरेका छन् “प्रतिष्ठानलाई अनुरोध गरेँ। यो गम्भीर समस्या भएकाले प्रतिष्ठान अनुसन्धान गरिदिनका लागि सकारात्मक देखिएको छ,” उनले भने ।

थोरै मात्र विषयमा माग सङ्ख्या जति नै शिक्षक सिफारिस भएका छन्। सबैभन्दा खराब अवस्था मधेश प्रदेशमा देखिएको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्