Logo

म्यानचेस्टर सिटी पराजित



काठमाडौं, कात्तिक २७ । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छन् ।

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरेका थिए । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन ।

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot