Logo

ओडेगार्डको दुई गोलमा आर्सनल विजयी



एजेन्सी, कात्तिक २७ । मिडफिल्डर मार्टिन ओडेगार्डले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा वोल्भ्सलाई २-० गोलले हराउँदै आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको हो ।

मोलिकेन्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिंदा दोस्रो हाफमा दुई गोल भएको हो । खेलको ५५ औं मिनेटमा फाबियोको पासमा ओडेगार्डले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै आर्सनल १४ खेलबाट ३७ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ भने पराजीत वोल्भ्स १५ खेलबाट १० अंकको लिगको पुछारमा छ ।



प्रतिक्रिया दिनुहोस्