Logo

लागूऔषधसहित युवक पक्राउ



झापा, २७ कात्तिक । अवैध लागूऔषधसहित एक युवक पक्राउ परेकी छिन् । बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २ ग्राम सहित कचनकवल गाउँपालिका–१ घर भई हाल बुद्धशान्ती गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै, थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका-८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु बरामद गरेको छ । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot