मनाङमा तीन दल चुनावी प्रतिस्पर्धामा


काठमाडौं, २८ कात्तिक । गण्डकी प्रदेश अन्तर्गत रहेको मनाङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ । कुल ६ हजार सात सय ७९ मतदाता रहेको उक्त जिल्लामा तीन दलले चुनावमा भाग लिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सो क्षेत्रमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार ४ सय ९८ महिला मतदाताको संख्या रहेको छ भने भोट खसाल्नको लागि २८ मतदान स्थल र २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा भाग लिएका तीन दलका उम्मेदवारहरु सबै पुरुष रहेका छन् । महिलाको संख्या शुन्य रहेको छ ।

प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् ।