Logo

अखिल क्रान्तिकारीको निर्वाचनविरुद्ध भण्डाफोर कार्यक्रम (फोटोफिचर)



काठमाडौं, २८ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले मंसिर ४ गते हुने निर्वाचनको विरुद्ध भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।

अखिलले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेर निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई क्रान्तिकारीले ‘कथित निर्वाचन’को संज्ञा दिँदै ‘भ्रष्ट/दलालहरुलाई वैधानिकता दिने निर्वाचन खारेजी गरौं ।’ भन्ने नारा अखिलले अघि सारेको छ । अखिल क्रान्तिकारीले काठमाडौंको रत्नपार्क, बानेश्वर, माइतीघरलगायत मुख्य स्थानहरुमा निर्वाचनविरुद्ध भण्डाफोर कार्यक्रम आयोजना गर्ने भएको छ।  Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्