Logo

जी–२० शिखर सम्मेलन आजदेखि सुरु हुँदै



काठमाडौं, कात्तिक २७ । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुखहरु इन्डोनेसिया पुगेका छन्।

‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको जी–२० नेताहरूको सम्मेलन विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण लगायतका विषयमा केन्द्रित रहनेछ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिन‍पिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुगेका छन्। सम्मेलन बुधबार सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot