Logo

सजिलै पैसा पाउन, सानिमा ‘भिसा डाइरेक्ट’ सेवा



काठमाडौं, २९ कात्तिक । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा ‘भिसा डाइरेक्ट’ सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले VISA International संग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot