Logo

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त



काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरेका थिए ।

आचार्यमाथि पनि सत्ता गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot