Logo

चितवन–२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड



काठमाडौं, ३० कार्तिक । चितवन–२ का सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

उनको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठको सचिवालयले जनाएअनुसार भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा रहेका बेला श्रेष्ठको गाडीमा प्रहार भएको हो ।

मोटरसाइकलमा आएका युवाले गाडी तोडफोड गरेका हुन् । अहिले प्रहरीले ती युवाको खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot