Logo

मर्जरको तयारीमा रहेका मेगा र इन्भेस्टमेन्टले गरे लाभांश घोषणा, कुनको कति ?



काठमाडौं, कात्तिक ३० । नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । मर्जर प्रक्रियामा रहेका नेपाल यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

दुवै बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्भेस्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ–आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश बैंकका सेयरधनीले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot