Logo

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण खेल सुरु



काठमाडौं, ३० कार्तिक । नेपाल र पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल सुरु भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गरिरहेको छ ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।

तर, नेपालले एक खेलको लागि सहमति जनाएको हो ।पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५०औं खेल हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्