Logo

बिहे गर्दै तमन्ना, को हुन अर्बपती दुलाहा ?



काठमाडौं, मंसिर १ । बलिउड अभिनेत्री तमन्ना भाटिया बिहे बन्धनमा बाधिने भएकी छन् । आफ्नो बिहेको खबरलाई लिएर भारतीय सञ्चार माध्ययहरुमा चर्चामा रहेकी तमन्नाले अर्बपती हिरा ब्यापारीसँग विवाह गर्न लागेकी हुन् । हाललाई दुलाहको नाम भने गोप्य राखिएको छ ।

‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन्। नायिकाले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन्। उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्