Logo

निर्वाचन आयोग परिसरबाट मगोल नेशनल अर्गनाइजेसनका ८ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं, १ मंसिर । काठमाडौं महानगरपालिका–२७ निर्वाचन आयोगको कार्यालय कम्पाउण्ड भित्र निर्वाचन प्रमुखलाई भेट्न पुगेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सदस्य आर एन राईमगोल सहित ८ जना निर्वाचन प्रमुखलाई भेट्ने भन्दै गेट भित्र १२ः२५ बजे प्रबेस गरेका थिए । उनीहरुलाई कार्यकक्षमा नपुग्दै बाहिरबाट नारा बाजी गर्ने क्रममा दरबारमार्गबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

१२ः२८ मा दरबार मार्ग प्रहरीले ८ जनालाई नियन्त्रण लिएको स्रोतले जनाएको छ । उनीहरुले निर्वाचन आयोगभित्र ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति चयन गर ।, बिदेशी हस्तक्षेप बन्द गर ।। संसदिय ब्यवस्था खारेज गर ।’ भन्दै नारा लगाएका थिए । Photo  : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्