Logo

करण जोहरको फिल्मबाट बलिउडमा डेब्यु गर्दै इब्राहिम



एजेन्सी, १ मंसिर । बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान चाँडै नै बलिउडमा डेब्यु गर्दैछन् । मिडिया रिपोर्टका अनुसार करण जोहर इब्राहिमलाई इन्डस्ट्रीमा लन्च गर्ने तयारीमा छन् । उनको डेब्यू फिल्म २०२३ मा रिलिज हुन सक्छ, जसलाई बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्नेछन्।

यस फिल्मको कथा डिफेन्स फोर्सको वरिपरि घुम्नेछ र यसलाई करण जोहरले निर्माण गर्नेछन् । यद्यपि फिल्मको बारेमा आधिकारिक घोषणा भने भइसकेको छैन । तर यो फिल्म ठूलो बजेटको हुने र यसमा इब्राहिमको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

इब्राहिम अली खानको कुरा गर्दा उनले करण जोहरलाई उनको आगामी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा असिस्ट गरेका छन् । यस फिल्ममा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी, जया बच्चन र धर्मेन्द्रको अभिनय रहनेछ । फिल्म आगामी वर्ष अप्रिल २८ मा हलमा रिलिज हुनेछ ।

सैफ अली खानकी जेठी छोरी सारा अली खानले सन् २०१८ मा बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘केदारनाथ’ थियो । साराले जस्तै उनले पनि आफ्नो अभिनयले सबैलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्