Logo

गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्।

उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ मा थिएँ। हामी एकदम नजिकको साथी हौं। म पनि जितेर आउँदैछु। मुहान सफा गर्नुपर्नेछ, म प्रदीप पौडेल माग्न आएको हुँ, संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ। काठमाडौं ५ मा मात्रै हैन। देशको लागि बोल्न सक्ने मानिस हुन्।”

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको लहडका कारण पाँच वर्ष खेर गएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्