Logo

भ्रष्टाचार कम गर्न दीपकराज गिरीले दिए टिप्स



काठमाडौं, २ मंसिर । देशमा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गइरहेको छ । भ्रष्टाचार पनि धेरै तरिकाबाट हुन सक्छन् । व्यत्तिगत लाभका लागि सार्वजनिक हैसियतको दुरुपयोग गर्नु पनि भ्रष्टाचार नै हो । यसले समाजलाई दुषित बनाउछ भने अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कारलाई पनि बढवा दिन्छ ।

मुलुकमा भ्रष्टाचार बढ्दा आम नागरिकले चिन्ता र चासो लिएका छन् । हाँस्य कलाकार दीपकराज गिरीले भ्रष्टाचार कम गर्ने केही टिप्स बताएका छन् । गिरीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर भ्रष्टाचार घटाउने सुत्र राखेका छन् ।

उनले लेखेका छन्,नया‘ नया‘ नेताहरूले जीतेर गए भने
घुस कसरी खाने भनेर सिक्न २ बर्ष लाग्छ ।
कमसेकम देशमा २ साल भ्रष्टाचारको दर त कम हुने भो ।।



प्रतिक्रिया दिनुहोस्