Logo

लागूऔषध बोकेर नेपाल आएका सहनी पक्राउ



नवलपरासी(पूर्व), २ मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स सहित भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल विओपि त्रिवेणीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्