Logo

यदि कसैले यो निर्वाचनको निष्ठालाइ खलबलाउने दुस्साहस गर्छ भने कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)



काठमाडौं, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने तयारीमा जुटेको बताएका छन् । आयोगले निर्वाचनमा ढुक्कसँग मतदान गर्न सबैमा अपिल गरेको सुनाउँदै थपलियाले यदि कसैले निर्वाचनको निष्ठालाई खल्बलाउने दुस्साहस गरे कारबाही गरिने चेतावनी दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘निर्वाचनको तयारी राम्रो छ । हाम्रो तयारीले के कुनै धाँधलीको संकेत गर्छ ? यो निर्वाचन स्वच्छ र स्वतन्त्र ढंगले हुन्छ ।’ उनले यसपटकको निर्वाचनमा आयोगले तल्लो तहसम्म संयन्त्र क्रियाशिल बनाएको सुनाए । उनले सुरक्षा संयन्त्र पनि प्रवल बनाईएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot