Logo

गृहसचिव सिंहको दाबी : निर्वाचनमा सुरक्षा प्रवन्ध बलियो छ, कुनै समस्या आउँदैन् (भिडिओसहित)



काठमाडौं, ३ मंसिर । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भोलि हुने निर्वाचनमा कुनैपनि किसिमको भय, डर वा त्रास आम नागरिकमा नरहेको स्पष्ट पारेका छन् । उनले अहिले मतदानको लागि साह«ै उपयुक्त वातावरण रहेको बताए ।

उनले भने,‘दशेव्यापी रुपमा सुरक्षा अवस्था मजबुद छ । कुनै समस्या आउँदैन् । हामीले निर्वाचनको लागि भनेर निर्वाचनविशेष सुरक्षा योजना बनाएर तीन महिनादेखि कार्यान्वयन गरेका छौं । त्यसलाई निर्वाचनभन्दा अगाडि, निर्वाचनको क्रममा र निर्वाचनपछि, तीन वटा चरणमा त्यसलाई कार्यान्वयन गर्दैछौं । अहिले हामी निर्वाचनको अघिल्लो चरणको सुरक्षा योजना कार्यान्वयन गर्दैछौं, यो योजना शतप्रतिशत रुपमा कार्यान्वनय भएको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गृहसचिव सिंहले निर्वाचनमा कुनैपनि किसिमको सुरक्षा समस्या आउने नदेखिएको स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्