Logo

उदयपुरगढी–६ जग्रेटार, नेपालटारको उच्च मावि मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा, सुरक्षा प्रवन्ध मजबुद



काठमाडौं, ३ मंसिर । भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज देशव्यापी रुपमा निर्वाचनको तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आम मतदाताहरुमा अपिल गरेको छ ।

यसैबीच, उदयपुरको क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मा जग्रेटार, नेपालटारमा रहेको उम्च माविको मतदान केन्द्रमा पनि निर्वाचनको तयारी पूरा भएको छ । सो मतदान केन्द्रका निर्वाचन अधिकृत दिनेश खड्काले निर्वाचनको तयारी पूरा भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यस्तै, निर्वाचनको लागि सुरक्षा प्रवन्ध पनि राम्रो बनाईएको छ ।

सो मतदान केन्द्रका सुरक्षा प्रमुख नेपाल प्रहरीका असई विपेन्द्र कुमार सिंहले सुरक्षाको राम्रो प्रवन्ध गरिएको जनाए । उनले भने,‘निर्वाचनको लागि केन्द्रीय सुरक्षा नीतिअनुसार राम्रो प्रवन्ध गरिएको छ । मतदानको लागि राम्रो सुरक्षा व्यवस्था गरिएको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot