Logo

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति



काठमाडौं, मंसिर ४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ ।

निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।

निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि दिल्ली–काठमाडौँ दैनिक एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउने बुधबारदेखि दैनिक दुई उडानको अनुमति दिएको हो ।

हाल काठमाडौँ–दिल्ली हरेक दिन बेलुका पाँच बजे उडान गर्दै आएको भिस्तरा एयरले बुधबारदेखि बिहानसमेत उडान गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणले यसअघि नै दिल्ली–काठमाडौँ उडान गर्दै आएको इन्डिगो एयरको पनि दैनिक एक उडान थप गरिसकेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्