Logo

मार्जिन कारोबार फन्ड अभावमा प्रभावकारी बन्न सकेन



काठमाडौं, मंसिर ४ ।  धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधा फन्ड अभावमा प्रभावकारी बन्न नसकेको पाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट २२ ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्ने स्वीकृति लिए पनि हाल एक ब्रोकर कम्पनीले मात्र यो सेवा दिन थालेको छ ।

मार्जिन कारोबार सुविधा दिने एक्लो कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) हो । नासाले गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सुविधा दिइरहेको जानकारी गराएको छ ।

नासाले १ महीनामा ९ जनालाई ९० लाख रुपैयाँ मार्जिन कारोबार सुविधा प्रदान गरेको जानकारी दिएको छ । नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले फन्डको अभाव मार्जिन कारोबार सुविधाको मुख्य समस्या रहेको बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्