Logo

ललितपुर २ मा एमालेको अग्रता



काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ।

बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ।

त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ सय ७७ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६ सय ७८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३ सय ९० मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot