Logo

माओवादी नेताको कटाक्ष- कहिलेकाहीं नानीमैयाँ दाहालहरूको पक्षमा लहर आउँछ



काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले ५० प्रतिशतभन्दा बढी मत खस्नु नराम्रो नभएको टिप्पणी गरेका छन् । शर्माले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट दलहरुप्रति अविश्वास बढाउने र दलीय प्रणालीमाथि सुनियोजित आक्रमण भइरहेको आरोप पनि लगाए ।
नेता शर्माले भ्रष्टाचारीलाई कारबाही गर्न कुनै स्वतन्त्र पार्टी नचाहिने दाबी गरे । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचारीलाई यो सरकारले पनि कारबाही गरेको छ नि । जो जो चर्का कुरा गरिहेको छन्, तिनीहरुको पृष्ठभूमि के हो ? यो सबै प्रतिगमनतिर लैजाने प्रयत्न हो । तिनीहरु संघीयताविरोधी प्रतिगामी शक्तिबाट परिचालित छन् । संविधानबाट बाहिर जाने छुट कसैलाई हुँदैन । नदी मूलतिर कहिल्यै फर्कंदैन ।’
उनले मुलुकमा कांग्रेस र कम्युनिस्टको विकल्प नभएको औंल्याउँदै माओवादी केन्द्र राष्ट्रिय पार्टी हुने दाबी गरे । शर्माले थपे, ‘अहिले जो उफ्रिरहेका छन्, तिनले लोकतन्त्रका निमित्त दुःख गर्न पनि परेन, लड्नु पनि परेन । कहिलेकाहीँ नानीमैया दाहालहरुको लहर आउँछ । माओवादी केन्द्र कसैले धारे हात लगाएर राष्ट्रिय पार्टी नहुने होइन । एक हप्ता कुरौं न । देश चलाउने अहिलेकै यिनै दलहरु हुन् ।’

उनले सरकार गठबन्धनकै बन्ने र प्रधानमन्त्रीमा द्वन्द्व झगडा नहुने पनि बताए । शर्माले भने, ‘हामी केपी ओलीजति अपरिपक्व निर्णय गर्दैनौं । जसले जे भने पनि पहिलो कांग्रेस पार्टी हो, दोस्रो र तेस्रो हुने माओवादी र एमाले नै हुन् ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot