Logo

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस



काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् ।

उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत ल्याएका छन् ।

छाताले ६ मत पाउँदा अन्यले १० मत ल्याएका छन् । ९४ मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्