Logo

सप्तरी–२ मा उपेन्द्र यादवलाई निकै पछि पारे सिके राउतले, १२०० मत गन्दा उपेन्द्रको ५९, राउतको ६२९ मत



काठमाडौं, ५ मंसिर । सप्तरी–२ मा १२ सय मतगणना हुँदा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत फराकिलो मतले अघि छन् ।

उनले ६२९ मत ल्याएका छन् । राउतलाई लोसपाका जयप्रकाश ठाकुरले पछ्याएका छन् ।

तर, ठाकुरपनि राउतभन्दा निकै पछि परेका छन् । ठाकुरले १६९ मत ल्याएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने निकै पछि परेका छन् । उनले ५९ मत मात्रै प्राप्त गरेका छन् ।

यो क्षेत्रमा यादवले एमालेसँग तालमेल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot