Logo

बाँके–३ मा एमालेको अग्रता,दोस्रोमा कांग्रेस



काठमाडौं, ५ मंसिर । बाँके–३ मा नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतीले अग्रता लिएका छन् । हालसम्म २१ सय ७५ मतगणना हुँदा उनी ९ सय ८४ मतसहित अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किसोरसिंह राठोरले ६८३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२ मत प्राप्त गरेका छन् । कक्षपति राठोर भन्दा ३०१ मतले अगाडी छन् ।



प्रतिक्रिया दिनुहोस्