Logo

प्रचण्डको पछिल्लो टिप्पणी : ढुक्क हुनुहोस, माओवादी निर्णायक शक्ति नै बन्छ र गठबन्धनको सरकार बन्छ



काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी निर्णायक शक्तिको रुपमा रहने बताएका छन् । पछिल्लो समय माओवादी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि तल झर्ने चर्चा चलिरहेको बेला दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो दल निर्णायक शक्तिको रुपमा रहने र सोचेभन्दा परीणाम नखस्किने पनि दाबी गरे । उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्नेपनि दाबी गरे ।

उनले भने,‘माओवादी निर्णायक शक्तिको रुपमा रहन्छ । ढुक्क हुनुहोस, पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’ प्रचण्डले पछिल्लो समय माओवादी सके दोस्रो नत्र तेस्रो तर निर्णायक शक्तिको रुपमा रहने दाबी गर्दै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot