Logo

तीन हजार मतान्तरले देउवा अगाडी



डडेल्धुरा, मङ्सिर ६ गते । डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन्। अहिलेसम्म उनले ५,६२१ मत प्राप्त गरेका छन् ।

उनकानिकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २,५९९ मत प्राप्त गरेकोनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १,६३६ मत पाएका छन् । ६८४ मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्