Logo

समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस



काठमाडौं, मंसिर ६ । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्