Logo

काठमाडौं–७ (ख) मा एमालेका प्रकाश श्रेष्ठ विजयी



काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) विजयी भएको छ । उक्त क्षेत्रबाट एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

आज बिहान सम्पन्न प्रदेशसभा (ख) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार १ सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले २ हजार ७ सय ९७ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्