Logo

“जस्ले दिन्छ नोट, उसैलाई भोट”



काठमाडौं, ७ मंसिर । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । देशभर भइरहेको मतगणना र त्यसको परिणामबारे सबैको चासो छ ।

पछिल्लो मत परिणाम अनुसार धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमेडिन हिमेश पन्त निकै पछि परेका छन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिइरहेका छन् ।

कम मत प्राप्त भएपछि पन्तले गाउँघरका जनतामा अझैपनि चेतना नआएको टिप्पणी गरेका छन् । उनले प्रचारप्रसारको क्रममा “जस्ले दिन्छ नोट, उसैलाई भोट।” भन्ने कुरा सुन्निएको उल्लेख गरेका छन् । उनको अनुसार मतदाता आफैले “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘करोडौ करोड खर्च गरेर चुनाब लड्नेहरुसककग २÷४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा छ ओटा गाउपालिका र ज्ञ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचार–प्रसारमा हिड्दै गर्दा “जस्ले दिन्छ नोट, उसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए।’

पन्तले अगाडी लेखेका छन्,‘धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुदै हैन। निर्वाचन आयोगले दिएको 12/13 दिनको प्रचार–प्रसारमा 53 ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर–धम्कीबाट आएको भोट हैन। विना–संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव‘ मुख्यमन्त्री राजेन्द्र पाण्डेसककग भिड्ने दम कुनै युवामा थियो ??‘.सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो।’



प्रतिक्रिया दिनुहोस्