काठमाडौं, ७ मंसिर । अघिल्लो पटक दोब्बर मतान्तरले निर्वाचित भएकी नेकपा माओवादी केन्द्रकी बिना मगरको यसपटकको चुनावमा नतिजा कस्तो आउँला ? यो प्रश्न सबैको चासोको विषय बनेको छ ।
कञ्चनपुर–१ की उम्मेदवार पूर्वमन्त्री मगर अहिले दोब्बर मतले पछि परेकी छिन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता लिइरहेकी छिन् । १५ हजार ७६३ मतगणना हुँदा सत्तागठबन्धनकी साझा उम्मेदवार मगरले ४३ सय ६२ मत प्राप्त गरेकी छन् भने तामाङले ८ हजार ६८ मत ल्याएर अग्रस्थानमा छिन् ।
गत २०७४ सालको निर्वाचनमा मगरले सोही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् ।




प्रतिक्रिया