Logo

आफ्नै कोठामा लगेर बालिका बलात्कार गर्ने युवक पक्राउ



भक्तपुर, ७ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्