Logo

पर्सा–१ मा प्रदीप यादव विजयी



काठमाडौं, ७ मंसिर । पर्सा–१ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई १६ सय २० मतान्तरले पराजित गरेका हुन् ।

यादवले २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका किरणमान डंगोलले २६ सय ५१ मत पाएका छन् । सत्तागठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot