Logo

झापा–५ एमाले अध्यक्ष ओली विजयी



झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् ।

निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएका छन् ।

कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका हुन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot