Logo

बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी



काठमाडौं, ८ मसिर । बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका किशोरसिंह राठौर विजयी भएका छन् ।

कांग्रेसका सहमहामन्त्री राठौर लुम्बिनी प्रदेश सभापति पनि हुन् । राठौरले नेकपा एमालेका किष्मतकुमार कक्षपतिलाई ४७ सय ९३ मतान्तरले पराजित गर्दै २९ हजार ४० मत ल्याएर जित हासिल गरेका हुन् ।

राठौरका निकटतम प्रतिद्धन्द्धी कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन् ।

राठौर निर्वाचित भएसँगै लुम्बिनी प्रदेशमा कांग्रेसले खाता खोलेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot