Logo

चितवन–२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी



काठमाडौं, ८ मंसिर । चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।

त्यसैगरी, एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६ सय ४९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रेष्ठ यसअघिको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot