Logo

प्रचण्ड निर्वाचनको अन्तिम नतिजाको पखाईमा, त्यसपछि माधव नेपालसँग एकता गर्ने



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताएका छन् । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि एकता प्रक्रियाको थालनी गरिने उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले भने,‘अब निर्वाचनको सबै नतिजा आएपछि हामी एउटा समिक्षा गर्छौं । अहिले भर्खरै नतिजा आउन थालेका छन् । पूर्ण नतिजा आएपछि माधवजीसँग वार्ता गरेर एकताको प्रक्रिया सुरु हुन्छ ।’

निर्वाचनको पछिल्लो मतगणनामा माओवादी केन्द्रका नेताहरु सन्तुष्ट छैनन् । प्रचण्डले चुनाव हुनुभन्दा अघि आफ्नो दल निर्वाचनपछि पनि निर्णायक तेस्रो शक्तिमा रहने बताएका थिए । र, गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो । प्रारम्भिक नतिजा हेर्दा गठबन्धन साँघुरो बहुमतर्फत नै अघि बढेको छ।

उता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि माओवादीसँगको एकता थाल्नेबारे सकारात्मक जवाफ दिए । उनले आफूहरु निर्वाचनलगत्तै छलफलमा बस्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्