Logo

मेयरमा पराजित दीपकबहादुर सिंह डिना र कमल थापालाई हराउँदै संसदमा निर्वाचित



काठमाडौं, ८ मंसिर । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह मकवानपुर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हटौंडाको मेयरमा पराजित सिंह अहिले भएको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका हुन् ।

सिंह प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका थिए ।

सिंहले २७८१६ मत ल्याएर कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनालाई पराजित गरेका हुन् ।

पराजित उपाध्यायले भने २५४२३ मत ल्याएकी हुन् । त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५४२० मत ल्याए ।

थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए ।



प्रतिक्रिया दिनुहोस्