Logo

अब एसिड पीडितको यी चार अस्पतालमा निःशुल्क उपचार हुने



काठमाडौं, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले एसिड आक्रमण पीडितको उपचारको लागि निशुल्क उपचार हुने चार अस्पताल तोकेको छ ।

सरकारले काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुरको अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको हो ।

देशका जुनसुकै स्थानका एसिड पीडितहरुले राजधानीका यी चार अस्पतालमा निशुल्क उपचार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्