Logo

सिरहा–४ मा डा. विरेन्द्र प्रसाद महतो जिततर्फ उन्मुख



काठमाडौं, ८ मंसिर । सिरहा–४ को प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका उम्मेदवार डा. विरेन्द्र प्रसाद महतो जिततर्फ उन्मुख भएका छन् ।

उनले निकटतम प्रतिद्धन्द्धीलाई ६२२३ मतले पछि पारेका छन् । अहिलेसम्मको गणनाअनुसार महतोले १५७७० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी जनमत पार्टीका विरेन्द्र प्रसाद साहले ९५४७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धर्मनाथ साहले ८९६३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्