Logo

प्रचण्डलाई ओलीको फोन : अब मिलेर अघि बढौं



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् । चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेको बेला ओलीले दाहाललाई फोन गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ ।

आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ। प्रचण्डले भने यसबारेमा निर्वाचनको अन्तिम परिणाम आएपछि छलफल गर्ने जवाफ दिएका छन् । दाहालपनि पछिल्लो समय कांग्रेसले निर्वाचनमा माओवादीलाई घात गरेको निश्कर्षमा पुगेका छन् ।

अहिलेपनि जनमत बलियो वामपन्थी एकता भएकोबारे दुवै नेताबीच कुराकानी भएको थियो । कतिपयले भने ओलीले सरकार गठनको लागि माओवादीलाई विश्वासमा लिन खोजेकोबारे पनि चर्चा गर्न थालेका छन् ।

नेकपा विघटन भएर एमाले र माओवादी अलग अलग भएपछि दुई नेताबीच पहिलोपटक फोन सम्वाद भएको हो । यसअघि एमसीसी पारित गर्ने सन्दर्भमा दुई नेताबीच दुवै दलका दोस्रो तहका नेताहरुको उपस्थितिमा संसद्मा सामूहिक छलफल भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्