Logo

धनुषा-४ मा कडा प्रतिष्पर्धा : महासेठभन्दा यादव ८ मतले अगाडि



काठमाडौं, ८ मंसिर । धनुषा ४ मा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

कांग्रेसका महेन्द्र यादव यतिवेला ८ मतले अगाडि छन् । उनले ९२८४ मत ल्याएर झिनो अग्रता कायम गरेका छन् ।

एमालेका रघुवीर महासेठले भने ९२७६ मत ल्याएका छन् । मतगणनामा सुरुवातदेखि नै महासेठ र यादवबीच कडा प्रतिष्पर्धा छ ।

०७४ मा यो क्षेत्रबाट महासेठ निर्वाचित भएका थिए । उनले उनै यादवलाई पराजित गरेका थिए ।

सो क्षेत्रमा जनता समाजवादी पार्टीका महाजन यादवले ३०१३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्