Logo

सुर्खेत-१ मा पूर्णबहादुर खड्का निर्वाचित



काठमाडौं, ८ मंसिर । सुर्खेत १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

खड्काले ४२६०७ मत ल्याएर विजयी हाँसिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।

निर्वाचित खड्का र पराजित शाहीबीच ११६१९ को मतान्तर छ ।

खड्का सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।



प्रतिक्रिया दिनुहोस्