Logo

विनोद चौधरी निर्वाचनको परिक्षामा पास, पश्चिम नवलपरासी-१ बाट निर्वाचित



काठमाडौं, ८ मंसिर । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८७ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचित चौधरीले २९४९५ मत ल्याएका हुन् । चौधरीसँग पराजित त्रिपाठीले २२३०८ मत ल्याए । निर्वाचित चौधरीलाई भने यो क्षेत्रमा सत्ता गठबन्धनको साथ थियो ।

त्रिपाठीलाई भने एमाले र जसपाको साथ थियो । लामो समयदेखि उक्त क्षेत्रबाट जित्दै आएका त्रिपाठीलाई भने चौधरीले जितको यात्रामा यसपटक ब्रेक लगाइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्