Logo

ब्राजिलको विजयी सुरुवात



काठमाडौं, मंसिर ९ । कतारमा जारी विश्वकफुटबल प प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । गयराती भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका छन्।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गर्नुभयो। खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाएका हुन्। सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि गोल भने हुन सकेन ।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्