Logo

मोरङ–४ मा माओवादीका अमनलाल मोदी विजयी



मोरङ, मंसिर ९ । मोरङको क्षेत्र नं‍ ४ मा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३० हजार ६१२ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता विनोद ढकालले २४ हजार ४६३ मत ल्याए । त्यस्तै, राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत ल्याए ।

क्षेत्र नं ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन ।

योसंगै मोदी तेस्रो पटक संसदको ढोका खोल्न सफल भएका छन् । मोदीले यसअघि मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ संसदीय चुनाव लडिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot